क्यानडामा आँधी र वर्षापछि ठूलो बाढी, आपतकालको घोषणा


काठमाडौं – क्यानडाको पश्चिमी प्रान्त ब्रिटिस कोलम्बियामा आपतकाल घोषणा गरिएको छ । ठूलो आँधी र वर्षाको कारण यो क्षेत्रको सडक र रेल सेवा पनि अवरुद्ध भएको छ । यहाँ फसेका हजारौं मानिसहरुको उद्धारको लागि क्यानडाको सरकारले सेना परिचालन गरेको छ ।

आइतबार रातिदेखि सुरु भएको भारी वर्षा र आँधी अझै रोकिएको छैन । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले प्रभावित मानिसलाई आवश्यक सहयोग दिइने बताएका छन् । पहिरोमा परी एक महिलाको मृत्यु भएको छ भने दुई जना मानिस हराइरहेका छन् । अधिकारीहरुले जलवायु परिवर्तनको कारण यस किसिमको घातक मौसमी समस्या देखिने गरेको बताएका छन् ।

अहिले लगाइएको आपतकालमा मानिसहरुलाई बाढी आएको सडकमा निस्किन रोक लगाइएको छ । साथै आवश्यक सामग्रीहरु मानिसहरुलाई उनीहरुकै घरघरमा पुर्‍याइनेछ । जलवायु परिवर्तनको असरको रुपमा पछिल्लो केही वर्षमा वर्षामा अत्यधिक वर्षा हुने, गर्मीयाममा पनि अत्यधिक गर्मी हुने जस्ता समस्या देखिन थालेको छ ।

प्रतिक्रिया