भारतीय रक्षा प्रमुख रावतको निधनप्रति उत्तराखण्डमा ३ दिन राजकीय शोक घोषणा

नयाँदिल्ली – भारतका पूर्व सेनापति तथा चिफ डिफेन्स स्टाफ (सीडीएस) जनरल विपिन रावतको मृत्युमा उत्तराखण्ड राज्यल तीन दिन राजकीय शोक मनाउने घोषणा गरेको छ।

रावतको जन्म उत्तराखण्डमा भएको थियो। बुधबार रावत चढेको हेलिकोप्टर तामिलनाडुको कुन्नुरु भन्ने स्थानमा दुर्घटना भएको थियो। यो दुर्घटनामा परी रावत र उनकी पत्नीसहित १३ जनाको मृत्यु भएको थियो।

हेलिकोप्टर दुर्घटनाबारे आज (बिहीबार) गृहमन्त्री राजनाथ सिंहले संसदमा जानकारी दिने छन्। रावतको शव आज दिल्ली ल्याउने तयारी भइरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनको भोलि अन्तिम संस्कार हुनेछ ।

भारतको उत्तराखण्डमा शोक घोषणा गरिएको छ । साथै, सीडीएस रावतको निधनमा भारतीय राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी लगायतले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *