श्रीलङ्कामा चरम ऊर्जा सङ्कट, १२ प्रतिशतसम्म बढ्यो इन्धनको मुल्य


काठमाडाैं – श्रीलङ्कामा ऊर्जा सङ्कट थप खराब अवस्थामा पुगेको छ । श्रीलङकाको सबैभन्दा ठूलो इन्धन आपूर्तिकर्तामध्ये एक कम्पनीले आज इन्धनको मूल्य १२ प्रतिशतसम्म बढाएको छ ।

बजारको एक तीहाई हिस्सा रहेको इन्धनको खुद्रा आपूर्तिकर्ता लङ्का आईओसीले दिएको जानकारी अनुसार सार्वजनिक यातायातले प्रयोग गर्ने डीजलको मूल्य १२ प्रतिशत र पेट्रोल ११ प्रतिशतले बढेको हो ।

तीन हप्ता अगाडि सात प्रतिशत भाउ बढेकोमा आज फेरि बढेको हो । कोभिड-१९ महामारीको कारण प्रमुख विदेशी मुद्रा कमाउने पर्यटन क्षेत्र सङ्कटग्रस्त बनेपछि श्रीलङ्का आर्थिक सङ्कटको चपेटामा परेको छ ।

सरकारले विदेशी मुद्रा बचाउने प्रयासमा मार्च २०२० मा आयातमा कडाइ गरेकाे थियो । अहिले देशमा इन्धन, विद्युत्, सवारी साधनको पार्ट्स र सिमेन्टलगायतको अभाव भइरहेको छ ।

प्रतिक्रिया