निषेधाज्ञाभर अनलाइनबाट मात्र सेयर कारोबार हुने

काठमाडाैं – निषेधाज्ञाको अवधिभर सेयर बजार अनलाइनबाट मात्र कारोबार हुने भएको छ । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले एक विज्ञप्ति जारी गर्दै विद्युतीय माध्यमबाट मात्र सेयर कारोबार हुने जनाएको हो ।

काठमाडौंमा आजबाट निषेधाज्ञा शुरु भएको छ । आजबाट अत्यावश्यक सेवाबाहेकका सवारीसाधन, व्यापार व्यवसाय, शैक्षिक संस्थालगायत बन्द हुने छन्। यही अवस्थालाई मध्यनजर गर्दै सेयर कारोबार विद्युतीय माध्यमबाट मात्र गर्ने निर्णय भएको एसोसिएसनले जानकारी दिएको छ ।

‘निषेधाज्ञाको पनि नेपाल सरकार, नेपाल धितोपत्र बोर्ड तथा नेपाल स्टक एक्सचेन्जले जारी गरेका स्वास्थ्यसम्बन्धी मापदण्ड तथा अन्य निर्देशनहरूको पालना गर्दै विद्युतीय माध्यमको उच्चतम प्रयोगमार्फत् धितोपत्र दोस्रो बजार कारोबार तथा राफसाफ निरन्तर गर्न/गराउन हामी धितोपत्र दलाल व्यवसायीहरू पूर्णरूपमा तयार रहेका छौँ,’ विज्ञप्तिमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *