भारतबाट यसरी मंगोलिया पुग्याे बुद्धको ‘कपिलवस्तु अस्तु’


काठमाडाैं – यतिबेला गौतम बुद्धको अस्तु मंगोलिया लगिएको छ । विशेष बुलेट फ्रुफ बाकसमा राखिएको अस्तु भारतको सैन्य विमानमार्फत् लगिएको हो ।

कपिलवस्तु नाम दिइएको चारवटा अस्तु मंगोलिया लाँदा भारतका केन्द्रीय मन्त्री किरण रिजुजू पनि साथमै छन् । ११ दिन मंगोलियामा अस्तु राखिने योजना अनुसार रेजुजू पनि साथमै छन् ।

पवित्र अस्तुलाई प्रदर्शनमा राखिएको छ । रेजुजूले भारत र मंगोलियाको सम्बन्ध नयाँ उचाईमा पुर्याउन कोसेढुंगा बन्ने आशा व्यक्त गरे । उनले शान्तिको कामना पनि गरे ।

मंगोलियामा कपिलवस्तु अस्तु राखिंदा विशेष कार्यक्रमहरु आयोजना भइरहेका छन् । ठूलो संख्यामा मंगोलियाका बुद्धमार्गीहरु अस्तु हेर्न र प्रार्थना गर्न पुगेका छन् । एजेन्सी

प्रतिक्रिया