फेरि घट्याे शेयर बजार, परिसूचक नेप्सेमा ३१ अङ्कको गिरावट

काठमाडाैं – लगातारकाे गिरावटपछि हिजो बढेको शेयर बजार आज बुधवार भने दोहोरो अङ्कले घटेको छ। आज ३१ दशमलव २१ अङ्कले घटेर शेयर बजार परिसूचक नेप्से एक हजार आठ सय ९३ दशमलव ५३ विन्दुमा झरेको हाे ।

आज सबै समूहको शेयर घटेर बजार राताम्मे देखिएको छ । बीमा, विकास बैंक, जलविद्युत् र लघुवित्त समूहको शेयर उच्च अङ्कले घटेको छ । नेप्सेसँगै कारोबार रकम पनि निकै घटेको छ ।

दुई सय २९ वटाे कम्पनीकाे ३० लाख ३४ हजार कित्ता शेयर ८४ करोड ३७ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नबिल बैंकको तीन करोड ३९ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज सबैभन्दा धेरै अपर मार्दी हाइड्रो कम्पनीको शेयर साढे ६ प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे हुँदा पनि आँधीखोला लघुवित्त र ग्लोबल आईएमई समुन्नत स्किमको शेयर १० प्रतिशतले बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *