आदिवासी नेत्री द्रौपदी मुर्मू भारतको राष्ट्रपति निर्वाचित


काठमाडौं – भारतमा आदिवासी नेत्री  द्रौपदी मुर्मू राष्ट्रपतिमा निर्वाचित भएकी छन् । बिहीबार राति सम्पन्न मतगणनाअनुसार सत्तासिन गठबन्धन एनडीएकी उम्मेदवार मुर्मू अत्यधिक बहुमतसहित राष्ट्रपतिमा निर्वाचित भएकी हुन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार मुर्मूको पक्षमा ५ लाख ७७ हजार ७७७ इलेक्टोरोल भोट प्राप्त भएको छ भने पराजित उम्मेदवार यशवन्त सिन्हाको पक्षमा २ लाख ६१ हजार ६२ भोट प्राप्त भएको छ । दौपदीले जुलाई २५ मा राष्ट्रपतिको रुपमा शपथ लिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया