अफगानिस्तानमा हैजा : जज्जान प्रान्तमा १२ जनाको मृत्यु


काबुल – अफगानिस्तानको उत्तरी जज्जान प्रान्तमा मध्य जुनदेखि फैलिएको हैजाको प्रकोपका कारण १८,००० भन्दा बढी सङ्क्रमितहरू मध्ये कम्तीमा १२ जनाको मृत्यु भएको प्रान्तीय स्वास्थ्य अधिकारीले आइतबार जानकारी दिएका छन्।

प्रदूषित पानी र स्वास्थ्य सेवामा कमजोर पहुँचका कारण कुल १८ हजार मानिस हैजाबाट प्रत्यक्ष प्रभावित भएको प्रान्तीय जनस्वास्थ्य विभागका कार्यवाहक निर्देशक अब्दुल घानी समिमले पत्रकारहरूलाई बताएका छन् ।

संयुक्त राष्ट्रसंघ बाल कोष (युनिसेफ) को आर्थिक सहयोगमा स्थानीय अधिकारीहरूले यस प्रान्तमा सार्वजनिक स्वास्थ्य आपतकालीन अवस्थाको सामना गर्न विभिन्न किसिमका पाँचवटा प्रतिक्रिया टोलीहरू स्थापना गरेको पनि अधिकारीले बताएका छन् ।

प्रतिक्रिया