कोरोना भाइरस : देशभर थप १०९० नयाँ संक्रमित, थप २ जनाको मृत्यु


काठमाडौं – देशभर थप १ हजार ९० जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गत २४ घन्टामा गरिएका ६३०० नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।

मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ४३८ जना कोरोनामुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ । अहिलेसम्म नेपालमा ११ हजार ९ सय ७४ जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेको पनि मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा देशभर १ लाख ७१ हजार ८३७ जनाले कोरोनाविरुद्धको खोप लगाएको पनि मन्त्रालयले जनाएको छ । देशभर अहिलेको अवस्थामा सक्रिय संक्रमितको संख्या ५ हजार ८०६ पुगेको पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया