पाइलटद्वारा हडतालको घोषणा, लुफ्थान्साका ८ सय वटा उडान रद्द


काठमाडाैं – विश्वकै ठूलो मध्येको एक जर्मनीको लुफ्थान्सा एअरलाइन्सका पाइलटले हडताल गरेपछि भोलि शुक्रवारका उडान ठप्प हुने भएका छन् ।

पाइटलको हडतालका कारण म्युनिख र फ्राङ्कफर्टबाट हुने सबैजसो उडान रद्द गरिएको समाचार संस्था एएफपीले जनाएको छ । भोलिका लागि तय भएका आठ सय वटा उडान रद्द हुँदा एक लाख ३० हजार जना यात्रुको यात्रा प्रभावित भएको खबरमा उल्लेख छ ।

भोलिको हडतालले गर्दा आउँदो शनिवार र आइतवारसम्मका उडान पनि प्रभावित हुने एअरलाइन्सले जनाएको छ । लुफ्थान्सा एअरलाइन्स मासिक नाै सय युरोका दरले तलब बढाउन तयार भएको छ तर पाइलटहरूले भने वार्षिक साढे पाँच प्रतिशत तलब वृद्धिको माग गर्दै आएका छन् ।

रुस–युक्रेन युद्धको कारण इन्धन र खाद्यान्नको भाउ बढ्दा युरोपमा समग्र मूल्यवृद्धि आकाशिएको छ । अब जर्मनीको एअरलाइन्स मात्र नभइ युरोपभर नै तलब वृद्धिको माग राखेर आन्दोलन हुन सक्ने खबरमा उल्लेख छ । एजेन्सी

प्रतिक्रिया