इजरायल र प्यालेष्टाइनबीच हिंसा: ४५ को मृत्यु, ३ हजार बढी घाइते
जेरूसलेम – इजरायल र प्यालेष्टाइन बीचको हिंसात्मक गतिविधिबाट अहिलेसम्म १३ बालबालिकासहित ४५ जनाको मृत्यु भएको छ । जसमा तीन जना महिला पनि रहेका छन्
पछिल्लो समय इजरायली सेनाको आक्रमणबाट गाजा पट्टीमा रहको १३ तले भवन ध्वस्त भएको छ । इजरायली सेनाले भवनमा रहेका मानिसहरूलाई बाहिर निस्कन चेतावनी दिएको डेढ घण्टा पछि ३ सय भन्दा बढी हवाई र रकेट आक्रमण गरेको थियो ।
प्यालेष्टाइनी लडाकु समूह हमास र इजरायली सेनाबीच हिंसात्मक झडपमा परेर ३ हजार भन्दा धेरै घाइते भएका छन् । सन् २०१७ पछि यी दुई पक्षबीच भएको यो नै ठूलो हिंसात्मक झडप हो । अन्तर्राष्ट्रिय समुदायले दुवै पक्षलाई संयम अपनाउन आग्रह गरेका छन् । एजेन्सी