उपनिर्वाचन : बझाङमा एमालेका भण्डारी विजयी


बझाङ – बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा भएकाे उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन् ।

एमालेका उम्मेदवार भण्डारी ११ हजार ६ सय १३ मत प्राप्त गरी विजयी भएकाे निर्वाचन आयाेगले जनाएकाे छ । भण्डारी दुई सय ६७ मतान्तरसहित विजयी भएका हुन् ।

भण्डारीका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ११ हजार तीन सय ४६ मत प्राप्त गरे । यस्तै नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जनकबहादुर बुढाले तीन हजार ८ सय ३१ र नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले दुई हजार पाँच सय १४ मत प्राप्त गरेको आयाेगले जनाएकाे छ ।

गत शनिवार भएको उपनिर्वाचनमा ३० हजारभन्दा धेरै मतदान भएकोमा अहिलेसम्म २८ हजारभन्दा धेरै मतगणना भइसकेको छ ।

२०७९ मा भएको चुनावमा यस क्षेत्रमा कांग्रेसका पृथ्वीबहादुर सिंहले १७ हजार एक सय १२ मत ल्याएर निर्वाचित भएका थिए । एमालेका अफिलाल ओखेडाले १३ हजार तीन सय ३६ मत ल्याएका थिए ।

प्रतिक्रिया