नेकपा एकीकृत समाजवादी फुट्ने हल्लामात्रै’


काठमाडाैं – नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टी  विभाजन हुन लागेको कुरा हल्ला मात्रै भएको बताएका छन् । आफूले एकीकृत समाजवादी पार्टी फुटाउन लागेको भनेर सुनियोजित रूपमा हल्ला चलाइएको दाबी गरेका हुन् ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजित भएपछि एकीकृत समाजवादी पनि फुट्न लागेको चर्चाकाबीच नेता खनालेले प्रष्टीकरण दिएका हुन् । उनले विज्ञप्ति निकालेर विरोधीहरूले झुटो हल्ला फैलाएको बताएका छन् ।

उनले भनेका छन्, ‘छ जना सांसद लिएर झलनाथ खनालले संसदीय दल फुटाउँदै छन् भन्ने हल्ला तीव्र रूपले फैलाइएकाे छ । केही अवाञ्छित, स्वार्थी र कम्युनिस्ट विरोधी तत्त्वहरूले सुनियोजित रूपले यस्तो प्रचार गरेका छन् । यसले पार्टीभित्र एउटा भ्रमको कुहिरो फैलाइदिएकाे छ ।’

नेता खनालले पार्टी विभाजन हुन लागेकाे भन्ने कुरा हल्लामात्र भएकाे भन्दै पार्टी महाधिवेशनलाई भव्यताका साथ बनाउन लागि पर्न नेता कार्यकर्तालाई आग्रह पनि गरेका छन् ।

प्रतिक्रिया