सुदूरपश्चिममा नवनिर्वाचित प्रदेश सांसद भण्डारीले लिए शपथ


काठमाडौं – सुदूरपश्चिम प्रदेश सभाका नवनिर्वाचित सांसद दमन भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बिहीबार प्रदेश सभाका सभामुख भीम भण्डारीले नवनिर्वाचित सांसद भण्डारीलाई शपथ खुवाएका हुन् । भण्डारी वैशाख १५ गते बझाङ प्रदेश सभा (ख) को उपनिर्वाचनबाट निर्वाचित भएका थिए ।

०७९ मंसिरमा सम्पन्न प्रदेश सभाको निर्वाचनमा निर्वाचित पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा निधन भएपछि बझाङमा उपनिर्वाचन भएको थियो । उपनिर्वाचनमा एमालेबाट उम्मेदवार बनेका उनले नेपाली कांग्रेसका अभिषेक सिंहलाई पराजित गरेका थिए ।

भण्डारी ११ हजार ६१२ मतसहित विजयी हुँदा सिंहले ११ हजार ३४६ मत प्राप्त पाएका थिए । भण्डारी निर्वाचित भएसँगै प्रदेश सभामा एमालेका सांसद ११ पुगेको छ । यसअघि प्रदेश सभामा एमालेका १० सांसद थिए ।

प्रतिक्रिया