ट्याक्टरबाट खसेर एकको मृत्यु


सिन्धुली – मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको दुधौली नगरपालिका-१० मा गुडिरहेको ट्याक्टरबाट खस्दा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा दुधौली नगरपालिका-५ तलखाका ५५ वर्षीय कालिदास अधिकारी दनुवार रहेको प्रहरीले जनाएको छ।

मंगलबार दिउँसो दुधौली नगरपालिका स्थित सिर्थौलीबाट दुधौली बजारतर्फ जाँदै गरेको प्रदेश २-०३-००१ त ६७२८ नम्बरको ट्याक्टरबाट खस्दा दनुवार गम्भीर घाइते भएका थिए।

उनको सिर्थौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता चिरन्जीवी दाहालले जनाए। घटनापछि ट्याक्टर चालक फरार भएका छन्। उनको खोजी भइरहेको र ट्याक्टर प्रहरीको नियन्त्रणमा रहेको बताइएको छ।

प्रतिक्रिया