छातीमा समस्या देखिएपछि राष्ट्रपति पौडेल अस्पतालमा भर्ना

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्। छातीमा समस्या आएपछि राष्ट्रपति पौडेललाई महाराजगन्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको हो।

राष्ट्रपति पौडेललाई चिकित्सकको निगरानीमा राखेर उपचार गरिने अस्पतालका प्रशासन प्रमुख बैकुण्ठ थपलियाले जानकारी दिए। राष्ट्रपति पौडेल केही दिन अस्पतालमै रहनेछन्।

छातीको तल्लो भागमा पानी जमी समस्या आएकाले आज बिहान अस्पताल गएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *