काठमाडौं उडेको श्री एयरलाइन्सको जहाजमा समस्या, बीचबाटै भैरहवा फर्कियो
काठमाडौं – भैरहवाबाट काठमाडाैंका लागि उडेको श्री एअरलाइन्सको जहाज बीचबाटै उतै फर्किएको छ । उडान नम्बर एसएचए ८२२ नम्बरको ७२ सिट क्षमताको जहाजमा समस्या देखिएपछि भैरहवा नै फर्किएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।
भैरहवा विमानस्थलमै अवतरण गरेपछि पनि जहाजमा फेरि समस्या देखिएको छ । अवतरणपछि जहाजको पाङ्ग्रा लक भएको छ । पाङ्ग्रा लक भएपछि धावनमार्गबाट जहाज गुड्न नसकेको जनाइएको छ । जसका कारण काठमाडौंबाट भैरहवाका लागि छुटेको यति एअरलाइन्सको एउटा जहाज काठमाडौं नै फर्किएको छ ।
धावनमार्गमा रहेको श्रीएअरको जहाजलाई अहिले प्राविधिकको सहयोगमा हटाउने काम भइरहेको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिएका छन् । धावनमार्गबाट जहाज हटाएपछि मात्रै भैरहवा विमानस्थलबाट अरु उडान र अवतरण सुरु हुनेछ ।