‘ज्यूँदो शहीद’ मुकेश कायस्थको निधन


काठमाडाैं – जनआन्दोलन २०६२/६३ मा घाइते भएका ‘ज्यूँदो शहीद’ काभ्रेको बनेपाका मुकेश कायस्थको निधन भएको छ ।

उनको उपचारको क्रममा शिर मेमोरियल अस्पताल बनेपामा हिजो बेलुका निधन भएको हो । २०६२ साल चैत २७ गते बनेपाको तीन दोबाटोमा प्रहरीले चलाएको गोली लागेर बनेपा नगरपालिका-८ का १४ वर्षीय कायस्थ घाइते भएका थिए ।

मुकेशलाई सोमवार सास फेर्न गाह्रो भएपछि उपचारका लागि अस्पताल लगिएको र उपचारकै क्रममा निधन भएको मुकेश कायस्थ प्रतिष्ठानका अध्यक्ष हिरा शर्मा नेपालले जानकारी दिए ।

सरकारले मुकेशको जीवन निर्वाह भत्ता भनेर वार्षिक दुई लाख ५४ हजार रुपैयाँ, मुकेशको स्वास्थ्य अवस्था हेर्नको लागि एक जना अनमिको लागि वार्षिक तीन लाख ३८ हजार रुपैयाँको व्यवस्था गरेको थियो ।

प्रतिक्रिया