भैरहवा जान लागेकी एक यात्रुको साथबाट ४८ लाख बरामद

काठमाडौं – काठमाडौंबाट भैरहवा जान लागेकी एक यात्रुको साथबाट ४८ लाख रुपैयाँ नगद बरामद भएको छ।

विमानस्थल सुरक्षा प्रहरी प्रमुख डीआइजी अर्जुन चन्दका अनुसार बेबी कुमारी गुरुङको ह्याण्डक्यारीबाट उक्त रकम बरामद गरिएको हो। उनी बुद्ध एयरको उडानबाट भैरहवा जान लागेकी थिइन।

डीआइजी चन्दका अनुसार उक्त रकमको श्रोत खुलेको छैन। घटनाको थप अनुसन्धान भइरहेको छ। विमानस्थलमा रहेको प्रहरीको ह्याण्ड चेकिङ एरियाबाट उक्त रकम बरामद गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *