सार्वभौमिकता र स्वाधीनताका सवालमा कुनै कानुन मान्दिन : मेयर बालेन


काठमाडौं – काठमाडौं महानगरपालिकाको मेयर बालचन्द्र शाहले देशको सार्वभौमिकता र स्वाधीनताका सवालमा कुनै कानुन नमान्ने बताएका छन् । उनले समाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै सो कुरा बताएको हो ।

मेयर बालेनले भारतीय फिल्म आदिपुरुषलाई इङ्गित गरेको देखिन्छ । ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन । फिल्म लेखकले नेपाल भारतको अधिनमा थियो भनी सकेपछि उनिहरुको नियत थाहा हुन्छ,’ उनले भनेका छन्, ‘यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो, अदालत र सरकार भारतको गुलाम भएको बुजिन्छ ।’

सरकारले जबर्जस्ती भारतीय फिल्म चल्न अनुमति दिएमा जस्तो सुकै सजाय भोगेर भएपनि फिल्म रोक्ने बताएका छन् । उनले भनेका छन् , ‘यसको लागि जुन सुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन ।’

फिल्ममा प्रयोग भएको जानकी भारतकी छोरी भएको भन्ने संवादलाई लिएर काठमाडौं महानगरका मेयर बालचन्द्र शाहले आपत्ती जनाएपछि विवाद सुरु भएको थियो । नेपालमा प्रदर्शन हुने फिल्म उक्त विवादास्पद शब्द हटाए मेयर शाहले विश्वभर प्रदर्शन हुने फिल्ममा उक्त शब्द हटाइनु पर्ने माग गरेका थिए ।

नेपालमा मात्रै उक्त संवाद हटाइएपछि मेयर शाहले हल व्यवसायीलाई फिल्म रोक्न निर्देशन दिएको थियो । मेयर बालेको निर्देशनमा नगर प्रहरी पनि आइतबार बेलुका हलहलमा पुगेर फिल्म नचलाउन मौखिक निर्देशन दिएका थिए । मेयर शाहको मौखिक निर्देशनसँगै सोमबारदेखि काठमाडौं महानगरका १७ वटै हलबाट फिल्म उतारिएको हो ।

यस अघि काठमाडौं महानगरसहित, लेखनाथ महानगरपालिका र धरान उपमहानगरपालिकाले पनि फिल्म आदिपुरुषलाई प्रदर्शनमा रोक लगाउने निर्णय निर्णय गरेको थियो ।

प्रतिक्रिया