काठमाडौंमा हिन्दी फिल्म प्रदर्शन नरोक्न अदालतको आदेश


काठमाडौं – काठमाडौं महानगरपालिकाले लगाएको हिन्दी फिल्म प्रदर्शन रोकमा उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । बिहीबार न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले फिल्म नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

हिन्दी फिल्म आदिपुरुषलाई काठमाडौं महानगर भित्र मेयर बालेनले प्रदर्शन लगाउने निर्णयविरुद्ध चलचित्र संघले बुधबार उच्च अदालतमा रिट दायर गरेको थियो ।

फिल्म ‘आदिपुरुष’ लाई देखाएर सबै हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउनु आपत्तिजनक भएको संघको भनाइ थियो । आफूहरू व्यवसाय गर्न पाउनुपर्ने माग गर्दै अदालतमा पुगेको थियो । उनीहरुले दायर गरेको रिटमा अदालतले आज आदेश जारी गरेको हो ।

प्रतिक्रिया