बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक जारी

काठमाडौं – प्रधानमन्त्रीनिवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक जारी रहेको छ। संसद् अवरोधलगायत समसामयिक विषयमा छलफल गर्न बैठक बसिरहेको हो।

बैठकमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत शीर्ष नेताहरु सहभागी छन्।

माधव नेपाल आजै युरोप भ्रमण सकेर काठमाडौं आएका हुन्। नेपाली कांग्रेसको संसदीय दलको बैठक पनि आजै सकिएको छ। बैठकको विषय भने सार्वजनिक भएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *