सुन तस्करी प्रकरण : थप तीन चिनियाँ नागरिक पक्राउ
काठमाडौं – सुन तस्करी प्रकरणमा थप तीन जना चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्ने चिनियाँ नागरिकमा झाओ हुई, जोङ छ्याङ र ताङ जिङ रहेका स्रोतले जनाएको छ ।
चीन जान लागेका उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पक्राउ गरेको हो ।
२ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर बाहिरिएको सुन तस्करी प्रकरणमा मंगलबार पक्राउ परेका थप तीन जनाको साथबाट ३० लाख रुपैयाँ पनि बरामद गरिएको सीआईबीले जनाएको छ ।
योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या २३ पुगेको छ ।