नक्कली नोटसहित कपिलवस्तुबाट तीन जना पक्राउ


तौलिहवा (कपिलबस्तु) – कपिलवस्तु  प्रहरीले नक्कली नोटसहित तीन जना पक्राउ गरेको छ । कपिलवस्तुको यशोधरा गाउँपालिका-७ मर्यादपुर र वडा नं. ४ परसोहियाबाट उनीहरु पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीका अनुसार आठ हजार नेपाली नक्कली नोटसहित तीन जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा यशोधरा गाउँपालिका ७ मर्यादपुरस्थित आनन्द मदिरा पसलका सञ्चालक राम नरेन्द्र चौधरीका ५८ वर्षीय मनोजकुमार चौधरी, यशोधरा ४ परसोहियाका त्रियोगी कलवारको ३८ वर्षीय छोरा मयाराम गुप्ता र उनकी श्रीमती ३६ वर्षीय उर्मिला गुप्ता रहेको उनले बताए ।

मर्यादपुरबाट नक्कली पाँच सयको आठ र परसोहियाबाट नक्कली पाँच सयको आठ गरी १६ वटा रहेको प्रहरीको भनाइ छ । पक्राउ गरिएको तीनै जना माथि थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक वलीले जानकारी दिए ।

प्रतिक्रिया