जेनजी प्रदर्शन : ७२ पुग्यो मृत्यु हुनेको संख्या, १९० भन्दा बढी घाइते
काठमाडौं – जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ । मुख्य सचिव एकनारायण अर्यालका अनुसार मृतकमध्ये ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र तीन जना सुरक्षाकर्मी रहेका छन् ।
उनले थप एक सय ३३ जना प्रदर्शनकारी र ५७ जना सुरक्षाकर्मी घाइते भएको र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।
मुख्य सचिव अर्यालले प्रधानमन्त्री सुशिला कार्कीले घाइतेको निशुल्क उपचार गर्ने, आन्दोलनमा ज्यान गुमाउनेलाई शहीद घोषणा गर्ने र मृतकका परिवारलाई प्रतिव्यक्ति १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय भएको बताएका छन् ।
उनका अनुसार हालसम्म अधिकांश जिल्लामा सरकारी र निजी भवनमा तोडफोड भएको विवरण प्राप्त भएको छ ।
