पूर्वयुवराज पारस शाह अस्पताल अस्वस्थ

पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानी पुगे अस्पताल


काठमाडाैं – मुटुमा समस्या आएपछि पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । उनलाई आज मण्डिखाटारस्थित ह्याम्स अस्पताल भर्ना गरिएको हो ।

पारसलाई भेट्न पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानी शाहलगायत अस्पताल पुगेका छन् । अस्पताल स्रोतका अनुसार उनले मुटुमा केही असहज महसुस गरेकाले अस्पताल भर्ना गरिएको हो ।

आज साँझ ६ः४५ बजेतिर पूर्वयुवराज पारसलाई अस्पताल भर्ना गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता कुमुद ढुंगेलले जानकारी दिए । पूर्वयुवराज पारस झण्डै १२ वर्षयता मुटुका बिरामी छन् ।

प्रतिक्रिया