सवारीका जाँच गर्दा ३७ चालक कारबाहीमा, लापसे गर्ने दुई जना पक्राउ


काठमाडाैं – भक्तपुरको जगातीमा शुक्रबार गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नभएका ३७ वटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

१ सय २० भन्दा बढी सवारी साधन चेक गर्दा ह्याीण्डब्रेक ठिक नभएका, लाईटहरु दुरुस्त नभएका, टायर धेरै घिस्रिएका लगायत अवस्था ठिक नभएका ३७ वटा सवारी साधन फेला परेपछी चालकलाई कारबाही गरिएको हो । जसमा पिकअप गाडि १६, मिनी टिपर ७ टाटासुमो ६, हाइस ६ र अन्य सवारी साधन २ वटा रहेका छन् ।

सवारी साधन मर्मत पश्चा त तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीद्वारा नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दए । त्यस्तै काठमाडौंको नागढुङ्गामा आजै गरिएको लापसे चेकिङका क्रममा २ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको उनले बताए ।

बा २ ज ३२ ८७ नम्बरका ट्याक्सी चालक काभ्रेपलाञ्चोकको पाचखाल नगरपालिका १३ बस्ने सुरेश तोलाङ्गे र बा ५ ख २३७ नम्बरका बस चालक गोरखाको भिमसेनथापा गाउँपालिका ४ बस्ने २३ वर्षीय भुवन सुर्खेती लागु पदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका हुन् । नियन्त्रणमा लिएका ‍ दुबैजनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त थानकोट पठाइएको उनले बताए ।

प्रतिक्रिया