पुर्व युवराज पारसको अवस्था सामान्य, अस्पतालबाट डिस्चार्ज


काठमाडौं – पूर्व युवराज पारस शाह अस्पतालबाट डिस्चार्ज भएका छन्। मुटुसम्बन्धी समस्याका कारण मन्डिखाटार, काठमाडौंस्थित ह्याम्स अस्पताल भर्ना भएका शाह आज डिस्चार्ज भएका हुन् ।

मुटु अचानक दुखे पछि शुक्रवार साँझ उनलाई ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो । पारसको अवस्था सामान्य भएपछि चिकित्सकहरुको सल्लाह अनुसार डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

मुटु सबन्धी समस्या परेका पुर्व युवराज शाहको स्वास्थ्य स्थीतिका बारेमा थप बिवरण सार्बजनिक गरिएको छैन् ।

प्रतिक्रिया