मूल्यवृद्धिको विरोध उत्रिए राप्रपा निकट विद्यार्थी

काठमाडौं – राप्रपा निकट विद्यार्थीहरू पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा उत्रिएका छन्।

अस्वाभाविक रूपमा भएको मूल्यवृद्धि फिर्ता हुनुपर्ने भन्दै राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघले शनिबार काठमाडौंमा प्रदर्शन गरेको हो।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिले दैनिक उपभोग्य वस्तुको पनि मूल्यवृद्धि हुने र त्यसको असर विद्यार्थी लगायत सर्वसाधारणमा पर्न जाने भएकाले मूल्यवृद्धि फिर्ता हुनुपर्ने उनीहरूको भनाइ छ।

प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूले मूल्यवृद्धि फिर्ता गर, विद्यार्थीहरूलाई ग्यास सहुलियत गर लगायतका प्लेकार्डका साथै खाली सिलिन्डर प्रदर्शन गरेका थिए।

बिहीबार नेपाल आयल निगमको सञ्चालक समिति बैठकले ग्यासको मूल्य २३५, पेट्रोलमा प्रतिलिटर ४ र डिजेलमा ३ रुपैयाँले वृद्धि गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *