टेवानले पोखरामा तीज सांस्कृतिक महोत्सव गर्ने

पोखरा – हरितालिका तीजको अवसरमा भदौ २५ देखि २७ गतेसम्म पोखरामा तीज सांस्कृतिक महोत्सव महिला प्रतिभा प्रतिस्पर्धा कार्यक्रम हुने भएको छ ।

पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को आयोजनामा हुने उक्त कार्यक्रमको विषयमा शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ । तीज सांस्कृतिक महोत्सवमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका महिलाहरूको सहभागिता रहने टेवानकी अध्यक्ष कमला गिरीले बताइन् ।

तीन दिनको कार्यक्रममा खेलकुद, तीज गीत प्रतियोगिता, हाजिरजवाफ प्रतियोगिता, मौलिक भेषभुषा प्रर्दशन, स्वदेशी तथा विदेशी खानाका स्टल, ११ वटै जिल्लामा उत्पादन हुने वस्तुहरूको बजारीकरण, सांस्कृतिक कार्यक्रम, लगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू राखिएको उनले बताइन् ।

महोत्सव मार्फत पोखराको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास आयोजक संस्थाको छ । ‘पर्यटन व्यवसायमा अहिले अफसिजन चलिरहेको छ । हरितालिका तीजलाई केवल चाडका रुपमा मात्रै नभई उत्सवका रुपमा नै मनाउने लक्ष्य सहित महोत्सवको आयोजना गरिएको विज्ञप्ति मार्फत जनाइएको छ । महोत्सव लेकसाइड क्षेत्रको कोमागाने पार्कमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *