चीन भ्रमणबारे विज्ञसँग प्रधानमन्त्रीको छलफल


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो आसन्न चीन भ्रमणका विषयमा पूर्व राजदूत, पूर्व परराष्ट्र सचिव र परराष्ट्र विज्ञसँग छलफल गरेका छन् ।

आज (आइतबार) अपरान्ह प्रधानमन्त्री प्रचण्डले उनीहरूसँग चीन भ्रमणका विषयमा छलफल गरेका हुन् । यसअघि आइतबार बिहान नै प्रधानमन्त्रीले दलका प्रतिनिधिहरूसँग छलफल गरेका थिए ।

प्रधानमन्त्री प्रचण्ड आउँदो असोज ४ गते चीन भ्रमणमा जाँदैछन् । उनी न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर त्यतैबाट चीन प्रस्थान गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया