भुकम्प प्रभावित क्षेत्रमा पुगे प्रधानमन्त्री
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भुकम्प प्रभावित क्षेत्रमा पुगेका छन् । आवश्यक स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्री लिएर प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्रमा पुगेका हुन् ।
प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार भूकम्प प्रभावितको उद्धार, खोज तथा राहतका लागि प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाको १६ जनाको मेडिकल टिम र आवश्यक सामग्रीसहित प्रभावित क्षेत्र पुगेको हुन ।