भूकम्पबाट भएको क्षतिप्रति भारतीय प्रधानमन्त्री मोदीद्वारा दु:ख व्यक्त


काठमाडाैं – शुक्रबार मध्यरातमा गएको भूकम्पबाट नेपालमा भएको धनजनको क्षतिप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दु:ख व्यक्त गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मेन्सन गरेर सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै मोदीले सबै सम्भव सहयोग गर्ने बताएका हुन् ।

‘नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख लागेको छ । भारत नेपाली जनतासँग ऐक्यबद्धतामा उभिएको छ र सबै सम्भव सहयोग गर्न तयार छ,’ मोदीले लेखेका छन्, ‘हाम्रो विचार शोकसन्तप्त परिवारसँग छ र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।’

शुक्रबार राति जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण अहिलेसम्म १२८ जनाको मृत्यु भएको छ ।प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभाविक क्षेत्रको निरिक्षणका लागि जाजरकोट पुगेका छन् ।

प्रतिक्रिया