प्रयोगविहिन बन्दै ‘हात धुने ठाउँ’ (तस्वीरमा)


काठमाडौं – सार्वजनिक स्थलमा राखिएका ‘हात धुने ठाउँ’ प्रयोगविहिन बन्दै गएका छन् ।

कोरोना संक्रमण फैलिएका बेला विकास भएको हात धुने संस्कार र व्यबस्था गरिएको हात धुने ठाउँ प्रयोगविहिन भएको हो।

विश्वव्यापी रुपमा कोरोना फैलिएपछि नेपालमा पनि सार्वजनिक स्थानमा हात धुने ठाउँ, पानी र साबुनको प्रबन्ध गरिएको थियो।

अहिले यस्ता हात धुने ठाउँमा न पानी आउँछ, न साबुन नै राखिन्छ । यस विषयमा न कसैले चासो नै दिएको देखिन्छ ।

विभिन्न निकायबाट ठाउँ-ठाउँमा हात धुने ठाउँको व्यबस्था गरेको पाइन्छ । तर यसको संरक्षण कसले गर्ने हो अन्योल देखिन्छ । के कोरोना वा अन्य कुनै संक्रमणको बेला मात्र हात धुनु पर्ने हो ?

यो एउटा प्रतिनिधि घटना मात्र हो । यस्ता सार्वजनिक सम्पति र सम्पदा कसरी खेर गईरहेका छन् भन्नेतर्फ सम्बन्धित निकायले ध्यान दिनु जरुरी छ ।

सिविल हस्पिटलमा प्रयोगविहिन बनेको हात धुने ठाउँ

प्रतिक्रिया