सोलुखुम्बुमा एक इटालियन नागरिकको मृत्यु
सोलुखुम्बु – सोलुखुम्बु भ्रमणमा आएका एक इटालियन नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा इटालीका ७४ वर्षीय मार्टिन्नो बोऋन रहेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक श्रेष्ठका अनुसार आइतवार जिल्लाको माप्यदूधकोशी गाउँपालिका-६ वाकुको एक घरमा खाना खाने क्रममा लाइन बस्ने क्रममा एक्कासी ढलेका बोऋनको मृत्यु भएकाे हाे ।
मोनभिसो फाउन्डेसन लाजिम्पाट काठमाडाैंमार्फत सगरमाथा माध्यमिक वाकुको नवनिर्मित घेराबार उद्घाटन गर्न १८ जना गाडीमार्फत् माप्य पुगेका थिए । हिजाे सोमवार घेराबार उद्घाटन गर्ने कार्यक्रम रहेको थियाे ।
बोऋनकाे शव कानुनी प्रक्रिया गरी हेलिकप्टरमार्फत काठमाडाैं पठाइएकाे प्रहरीले जनाएकाे छ ।