कुटपिट गरी एक युवकको हत्या गरेको आरोपमा १४ पक्राउ

धनगढी – विवाहमा गएका एक युवकको कुटपिट गरी हत्या गरेको आरोपमा कैलाली प्रहरीले १४ जनालाई पक्राउ गरेको छ ।

लम्कीचुहा नगरपालिका-९ घोराघाट बस्ने डिल्ली कोइरालाको विवाहमा गएका बेला गएराति कैलालीको घोडाघोडी नगरपालिका-२ का २६ वर्षीय मोहन अधिकारीमाथि कुटपिट भएको थियो । कुटपिटबाट घाइते युवकको उपचारको क्रममा ज्यान गएको छ ।

कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले घोराघाटका २३ वर्षीय विवेक भुल, २२ वर्षीय विवेक भुल, वर्ष २२ का सन्तोष परियार, वर्ष २४ का गणेश भुल, वर्ष १५ का पिन्टु चौधरी, वर्ष २२ का दिलबहादुर चौधरी र २२ वर्षीय पुरन सार्कीलाई पक्राउ गरेको छ ।

यसैगरी, लम्कीचुहा नगरपालिका-९ का २८ वर्षीय बिर्ख भुल, वर्ष २४ का सोनु साउँद, वर्ष २३ का चक्र कुँवर, २० वर्षका अकेश कुँवर, वर्ष २३ का निवन केसी, वर्ष २५ का रामलाल चौधरी र वर्ष २४ का विशाल सुनार पनि पक्राउ परेका छन् ।

पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय लम्कीमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *