फिल्म ‘बेहुली फ्रम मेघौली’को गीत ‘उडायो मन’ सार्वजनिक


काठमाडौं – निर्माणको अन्तिम चरणमा रहेको चलचित्र ‘बेहुली फ्रम मेघौली’को गीत सार्वजनिक भएको छ । चलचित्रको ‘उडायो मन’ बोलको गीत सार्वजनिक भएको हो ।

जयन वाइवाको संगीत, शब्द र ऐरेन्ज रहेको गीतमा इन्द्रकला राईको स्वर छ । गीतमा नेपालीसँगै थारु भाषाको पनि प्रयोग छ । गीतको भिडियोमा चलचित्रकी नायिका स्वस्तिमा खड्कालगायत कलाकार फिचर्ड छन् । भिडियोमा सिम्रन खड्का र निश्चल बस्नेतलाई पनि देख्न सकिन्छ ।

असोज १७ गते रिलिज हुने चलचित्रमा निश्चल र स्वस्तिमासँगै बसुन्धरा भुषाल, विजय बराल, सिम्रन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधरलगायत कलाकारको अभिनय छ ।

चलचित्रमा साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन छ । यो उनीहरूको डेब्यु निर्देशन हो । चलचित्रमा लगानी स्वस्तिमा खड्का र निश्चल बस्नेत स्वयंको छ । कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।

भिडियो:

प्रतिक्रिया