एसिया कप क्रिकेट : दोस्रो खेलमा पाकिस्तानको सामना गर्दै नेपाल


काठमाडौं – एसीसी महिला एसिया कप क्रिकेटमा विजयी सुरुवात गरेको नेपालले दोस्रो खेलमा आइतबार पाकिस्तानको सामना गर्दैछ । नेपाल र पाकिस्तानको भिडन्त श्रीलंकाको डम्बुला मैदानमा आइतबार साँझ ७:१५ बजे सुरु हुनेछ ।

नेपालका लागि पाकिस्तान बलियो प्रतिद्वन्द्वी हो । नेपाल पहिलो जितले उत्साह साथ मैदानमा हुनेछ भने पाकिस्तान नेपालसँगको प्रतिस्पर्धामा पहिलो जितको खोजीमा हुनेछ ।

पहिलो खेलमा यूएईलाई ६ विकेटले हराएको नेपाल समूह ‘ए’को दोस्रो स्थानमा छ। समान दुई अंक भएको भारत रनरेटको आधारमा तालिकाको शीर्ष स्थानमा छ ।

प्रतिक्रिया