मौद्रिक नीति आज सार्वजनिक गर्ने तयारी


काठमाडाैं – नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि आज मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । गत हप्ता स्थगित भएको मौद्रिक नीति आज सार्वजनिक गर्न लागिएको हो ।

कांग्रेस–एमालेको समीकरणपछि बनेको नयाँ सरकारले मौद्रिक नीतिकाबारे केही अध्ययन गर्न बाँकी रहेको भन्दै अघिल्लो हप्ता शुक्रवार सार्वजनिक गर्ने कार्यक्रम स्थगित गरिएको थियो ।

मौद्रिक नीतिको मस्यौदा राष्ट्र बैंकको व्यवस्थापन समूहले यसअघि नै टुङ्ग्याइसकेको छ । अर्थतन्त्र शिथिल बनिरहेको र बैंक तथा वित्तीय संस्थाबाट पुँजी प्रवाह नभइरहेको अवस्थामा मौद्रिक नीतिले कस्तो कार्यदिशा लिन्छ भन्ने आमचासो बनेको छ ।

यद्यपी अर्थतन्त्र चलायमान हुने गरी मौद्रिक नीति ल्याउनुपर्नेमा विज्ञहरुले जोड दिँदै आएका छन् ।

प्रतिक्रिया