विद्यार्थीको प्रदर्शन : केपी ओलीले बचायो गभर्नरले लाज सरम पचायो !

काठमाडाैं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बर्खास्तीमा माग विद्यार्थी संगठनले आज दिउँसो पनि काठमाडौंको माइतीघरमा कार्टुन प्रदर्शन गरेको छ।

माइतीघरमा दिउँसो ३ बजेबाट नेपाली कांग्रेस निकट नेविसंघ, नेकपा माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी) र एकीकृत समाजवादीनिकट अनेरास्ववियुले गभर्नरको कार्टुन प्रदर्शन गरेको हो।

एमालेको अर्थ तथा योजना विभागको सदस्यमा रहेको एम अधिकारी गभर्नर अधिकारी नै रहेको दाबी गर्दै विद्यार्थी संघसंगठन केही दिनअघिदेखि गभर्नरको राजीनाको माग गर्दै चरणबद्ध आन्दोलन गरिरहेका छन्। प्रदर्शनमा उत्रिएका विद्यार्थीले ‘केपी ओलाीले बचायो गभर्नरले लाज सरम पाचायो’, ‘पार्टीको झोले मुर्दावाद’, ‘अवैध गभर्नर मुर्दावाद’, ‘अवैध गभर्नरलाई बर्खास्त गर’, ‘आर्थिक संकट निम्त्याउने गभर्नरलाई बर्खास्त गर’, ‘एम अधिकारीलाई बर्खास्त गर’जस्ता नारा लगाएका थिए।

महाप्रसाद अधिकारी उर्फ एम अधिकारीले राष्ट्र बैंक ऐन २०५८ को बर्खिलाप गभर्नरको जिम्मेवारीमा रहिरहेर कानुनी राज्यको धज्जी उडाएको आरोप विद्यार्थी संगठनहरुको छ। विद्यार्थी संगठनहरुले आगामी साउन ७ गतेसम्म गभर्नरको राजीनामा माग गर्दै आन्दोलन जारी राख्ने जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *