मौद्रिक नीति सन्तुलित रहेको निजी क्षेत्रको टिप्पणी

गतिका साथ काम गर्ने प्रधानमन्त्रीको भनाइ


काठमाडाैं – राष्ट्र बैंकले सन्तुलित मौद्रिक नीति ल्याएको भन्दै निजी क्षेत्रले स्वागत गरेका छन् । नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल बैंकर्स सङ्घले मौद्रिक नीति तुलनात्मक रुपमा केही सजगपूर्ण र लचक आएको टिप्पणी गरेका हुन् ।

नेपाल राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको मौद्रिक नीतिका केही पक्षहरु सकारात्मक र केही विषयहरु अझै सम्बोधन हुन नसकेको चेम्बरले जनाएको छ । मौद्रिक नीति मार्फत बैंकदर र नीतिगत दर घटाइएको विषयलाई चेम्बरले सकारात्मक भनेको छ ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो सार्वजनिक भएको मौद्रिक नीतिले समर्थन र स्वागत पाएको उल्लेख गर्दै अब गतिकासाथ काम गर्ने बताएका छन् । राष्ट्रिय योजना आयोगका पदाधिकारीहरूको शपथपछि सम्बोधन गर्दै उनले मौद्रिक नीतिमा समर्थन मिल्नु सकारात्मक भएको बताए ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति देशको अर्थतन्त्रलाई चलायमान बनाउने उदेश्यले लचिलो ल्याएको बताए । देशको अर्थतन्त्रलाई थप गतिशील बनाउने उद्देश्यका साथ राष्ट्र बैंकले हिजो मौद्रिक नीति सार्वजनिक गरेको हो । नयाँ मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले बैंकदर र निक्षेप सङ्कलनदर घटाएको छ ।

प्रतिक्रिया