एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना


काठमाडाैं – एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ । काठमाडौंबाट रसुवाको स्याफ्रुबेसीतर्फ जाँदै गरेको हेलिकप्टर बुधबार दिउँसो शिवपुरी-७ सूर्यचौर क्षेत्रमा दुर्घटनामा परेको हो ।

नुवाकोट प्रहरीका अनुसार अहिले सुरक्षाकर्मीको ठूलो टोली सो स्थानमा पुगेर उद्धारको काम भइरहेको छ । हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ ।

हेलिकप्टरमा ४ यात्रु र क्याप्टेन मल्ल गरी ५ जना सवार रहेको स्रोतले  जनाएको छ । विमान १ बजेर ५४ मिनेटमा काठमाडौंबाट उडेको थियो ।

सम्पर्कविहीन भएको केही समयपछि हेलिकप्टर शिवपुरीमा दुर्घटनामा परेको पुष्टि भएको हो ।

प्रतिक्रिया