दुर्घटना अपडेट : हेलिकप्टरमा सवार पाँचै जनाको मृत्यु भएको पुष्टि


काठमाडौँ – नुवाकोटको शिवपुरीमा भएको एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा पाँचै जनाको मृत्यु भएको छ ।

नुवाकोटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाका अनुसार दुर्घटनास्थलबाट चार जना विदेशी र एक जना पाइलटको शव निकालिएको बताए । हेलिकप्टरमा चार जना चिनियाँ र एक जना पाइलट थिए ।

बुधबार काठमाडौँबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको ९ एन एजेडी हेलिकप्टर दुर्घटना भएको हो । हेलिकप्टर उडेको तीन मिनेटमै सम्पर्कविहीन भएको थियो ।

प्रतिक्रिया