शेयर बजार १ सय ८ अङ्कले बढ्यो, कारोबार रकम घट्यो

काठमाडाैं – शेयर बजार परिसूचक नेप्से आज १ सय आठ दशमलव ३५ अङ्कले बढेर दुई हजार सात सय ५९ दशमलव ६७ विन्दुमा पुगेको छ । हिजो १ सय ४५ अङ्कले घटेको शेयर बजार आज १ सय आठ अङ्कले बढेको हो ।

आज सबै समूहको शेयर बढेकोमा बीमा, होटल, विकास बैंक, फाइनान्स, उत्पादन, व्यापार, जलविद्युत्, अन्य समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज दुई सय ३९ वटा कम्पनीको शेयर बढेकोमा तीन वटा कम्पनीका शेयर भने घटेको छ । आज १० वटा कम्पनीका शेयरमा सकारात्मक सर्किट लागेको छ ।

यस्तै आठ वटा कम्पनीका शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । बजार उच्च अङ्कले बढेको दिन एनआईसी एशिया डिबेन्चर २०८३/८४ को शेयर भने झन्डै चार प्रतिशतले घटेको छ ।

आज कारोबार रकम भने घटेको छ । हिजो २३ अर्ब ७१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएर ऐतिहासिक रेकर्ड कायम भएकोमा आज तीन सय ३० वटा कम्पनीका तीन करोड ८० लाख कित्ता शेयर १७ अर्ब ९५ करोड रुपैयाँमा किनबेच भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *