गायिका टिका प्रसाईंको मौलिक तीज गीत ‘माया बस्यो संगिनी’ सार्वजनिक


काठमाडौं – तीजलाई लक्षित गरेर गायिका टिका प्रसाईंको स्वरमा ‘माया बस्यो संगिनी’ गीत सार्वजनिक भएको छ । गीतमा प्रमिला बस्नेतको शब्द, राजेश थापाको संगीत र रमेश सेन्चुरीको एरेन्ज रहेको छ ।

आफ्नो मायाको यादमा जवानीलाई साँचेर राखेको कुरा गीतमा गरिएको छ । गीतको भिडियोलाई केशव राज भट्टले निर्देशन गरेका हुन् ।

भिडियोमा कलाकारहरु जुना कार्की, संचिता बुलाखे, टिका प्रसाईं, सरोज बुढाथोकीले अभिनय गरेका छन् । भिडियोको छायांकन अजय रेग्मी र सम्पादन दिनसन शाहले गरेका छन ।

भिडियोः

प्रतिक्रिया