नुहाउन गएका दिदी-बहिनी खुटिया नदीमा डुबे


धनगढी – धनगढीमा नुहाउन गएका दिदी-बहिनी नदीमा डुबेका छन् । धनगढी उपमहानगरपालिका-७ र वडा १५ को बीचमा पर्ने बेली पुल नजिकैको खुटिया नदीमा नुहाउन गएका दिदी–बहिनी नदीमा आइतबार डुबेका थिए ।

नदीमा डुबेपछि दिदी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कबिन्द्र बोहराले जानकारी दिए ।उनका अनुसार धनगढी उपमहानगरपालिका–१४ जी गाउँका १६ वर्षीया जेनिशा अवस्थी र १४ वर्षीया सवि अवस्थी डुबेका थिए ।

सवि अवस्थीलाई स्थानीयले नदीबाट निकालेका थिए । उनकी दिदी जेनिशा भने बेपत्ता भएको र खोजी कार्य चलिरहेको डिएसपी बोहराले जानकारी दिए । सविलाई उपचारका लागि धनगढी पठाइएको र स्वास्थ्य अवस्था गम्भीर रहेको उनले बताए ।

प्रतिक्रिया