शेयर बजारमा ५७ अङ्कको गिरावट, साढे सात अर्बको कारोबार

काठमाडौं – यो साता कारोबारको दोस्रो दिन पनि शेयर बजारमा लगातार गिरावट देखिएको छ । आइतबार ५० अङ्कले घटेको नेप्से परिसूचक सोमबार ५७ दशमलव शुन्य तीन अङ्कले घटेको हो ।

नेप्से परिसूचक दुई दशमलव १६ प्रतिशतको गिरावटपछि आज दुई हजार पाँच सय ८० दशमलव ७६ को बिन्दुमा झरेको छ । परिसूचक करिब दुई महिनापछि दुई हजार पाँच सयको बिन्दुमा झरेको हो ।

आज विभिन्न तीन सय १२ कम्पनीका एक करोड ७० लाख ६१ हजार आठ सय सात कित्ता शेयर ९२ हजार आठ सय १५ पटक खरिदबिक्री हुँदा रु सात अर्ब ३६ करोड १९ लाख ८८ हजारको कारोबार भएको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको रु ३१ करोड ११ लाख ४९ हजार सात सय ३६ बराबरको कारोबार भएको छ । त्यस्तै कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने लक्ष्मी सनराइज बैङ्क प्रमोटर शेयर पाँच लाख ७७ हजार तीन सय ८९ कित्ता खरिदबिक्री भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *