ए डिभिजन लिगः जावलाखेलमाथि मनाङ विजयी सुरुवात

काठमाडौं – सहिद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लबले विजयी सुरुवात गरेको छ। आइतबार साँझ दशरथ रंगशालामा भएको खेलमा मनाङले जावलाखेल युथ क्लबमाथि १-० गोलको जित हात पारेको हो।

मनाङको जितमा डिफेन्डर दिनेश राजवंशीले गरेको गोल निर्णायक साबित बन्यो। दिनेशले खेलको ५७ मिनेटमा गोल गरेका थिए। दयानन्द सिंहको कर्नर बलमा उनले हेडमार्फत गोल गरेका थिए।

दिनेश यसै सिजन च्यासल युथ क्लबाट मनाङमा आबद्ध भएका हुन् । यसअघि दिनको पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब विजयी भएको थियो। ब्रिगेडले एपिएफ क्लबमाथि ३-२ गोलको जित निकालेको थियो।

पहिलो चरणको अन्तिमहरु सोमबार हुनेछन्। सोमबार त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब तथा न्युरोड टिम र साविक विजेता मच्छिन्द्र क्लबबीच खेल हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *