काभा महिला भलिबलमा पुलिसको दोस्रो जित


काठमाडौं – सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल क्लब च्याम्पियनसिपमा नेपाल पुलिस क्लबले दोस्रो जित निकालेको छ ।

माल्दिभ्सको मालेमा सोमबार भएको खेलमा पुलिसले श्रीलङ्कका एयर फोर्सलाई ३-० को सोझो सेटमा हरायो । पुलिसले एयर फोर्समाथि २५-१६, २५-२०, २५-२१ को सहज जित निकालेको हो ।

यसअघि आइतबार भएको पहिलो खेलमा पुलिसले उज्वेकिस्तानको हुमो क्लबलाई ३-० को सोझो सेटमा हराएको थियो ।

च्याम्पियनसिपमा नेपालले मङ्गललबार ताजकिस्तानको क्लब र समूह चरणको चौथो तथा अन्तिम खेल बिहीबार माल्दिभ्सको क्लबसँग खेल्नेछ ।

प्रतिक्रिया