आजदेखि साफ यू-२० च्याम्पियनसिप, नेपाल र श्रीलंका खेल्दै


काठमाडौं – साफ यू-२० च्याम्पियनसिप फुटबल प्रतियोगिता आज (आइतबार) देखि सुरु हुँदैछ । उद्घाटन खेलमा आज घरेलु टोली नेपाल र श्रीलंका खेल्दै छन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

यसअघि काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रथंशालामा उद्घाटन खेल हुने भनिए पनि खराब मैदानका कारण खेल एन्फा कम्प्लेक्समा सरेको हो । एन्फा कम्प्लेक्समा हुने खेल हेर्नका लागि ३ सय रूपैयाँ टिकट दर तोकिएको छ ।

च्याम्पियनसिपमा नेपालसहित ६ राष्ट्र सहभागी छन् । सहभागी ६ राष्ट्रलाई २ समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूह ‘ए’ मा बंगलादेश र श्रीलंका रहेका छन् । समूह ‘बी’ मा भारत, मालदिभ्स र भुटान छन् । समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

प्रतिक्रिया